Nirvik Khabar

नरेन्द्र मोदी लुम्बिनी आउने भएसँगै भारतीय जम्बो सुरक्षाकर्मीको टोली भैरहवामा अवतरण

add

रुपन्देही । आगामी जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनी प्रदेशमा रहेको भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भएका छन् ।मोदीको भ्रमण अवधिलाई सुरक्षा व्यवस्था मिलाउनका लागि जम्बो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान बुधबार भैरहवामा अवतरण गरेको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ भैरहवामा अवतरण गरेको हो । उक्त विमान भारतको राजधानी नयाँ दिल्लीबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आएको हो । सो विमानमा एसपीजीको टोली हो ।

लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको भेट हुनेछ । त्यहीँबाटै संयुक्त पत्रकार सम्मेलनसमेत हुनसक्ने बताइएको छ ।यसपटक तीन दिन विशेष कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती मनाइँदै छ । मोदीले लामो समयदेखि बुद्ध जयन्तीमा नेपाल आउन चाहिरहेको बताएका थिए ।

यसपटक उक्त अवसर जुरेको हो । लुम्बिनी आएपछि उनले मायादेवीको दर्शन गर्नेछन् । त्यस्तै पाँच हजार भन्दा बढीको सहभागीता रहने एक कार्यक्रमलाई सम्बोधनसमेत गर्नेछन् ।उक्त कार्यक्रममा नेपालका लागि विभिन्न दूतावासका राजदूतसँगै कुटनीतिज्ञहरुसमेत सहभागी हुनेछन् । साथै मोदीले भारतको लगानीमा निर्माण हुन लागेको मन्दिरकोसमेत शिलान्यास गर्नेछन् ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस