चितवन – नेपाल प्रहरीको आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा बुधबार अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ।
छलफलपछि दानबहादुरले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने टुंगो लाग्नेछ।
सुरुमा दानबहादुरका पक्षका वकिलले बहस गरिरहेका छन्। उनीहरूको बहस सकिएपछि महान्यायाधीवक्ता कार्यालय र आईजीपी मनोज केसीका तर्फबाट बहस हुनेछ।
यसअघि सोमबारलाई पेसी तोकिए पनि मनोज केसीले म्याद नबुझ्दा सुनुवाइ अगाडि बढ्न सकेको थिएन।
सरकारले कात्तिक १८ गते प्रहरी महानिरीक्षकबाट हटाएर सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि असन्तुष्ट कार्की सर्वोच्च अदालत गुहार्न पुगेका हुन्।
आफूलाई गैरकानुनी रूपमा आईजीपीबाट हटाइएको दाबी गर्दै उनले मनोज केसीलाई आईजीपी बनाउने निर्णय बदर गरी आफुलाई पुनर्बहाली गर्न माग गरेका छन्।


































Discussion about this post