Skip to main content

Nirvik Khabar

एनपीएलमा आज काठमाडौँ र चितवनको ‘अग्निपरीक्षा’

Advertisements
Single Page Long - 2

पाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा आज बुधबार काठमाडौँँ गोर्खाज र चितवन राइनोज भिड्दै छन्। काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।यो खेलको विजेताले दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। यो खेलले फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ।

यसअघि हिजो मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा प्रवेश गरिसकेको छ। पराजित सुदूरपश्चिमले फाइनलमा पुग्न थप मौका पाउने भएको हो।आजको एलिमिनेटर खेलमा पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ।

लिग चरणको चार खेलमा जित र ३ खेलमा हार भोग्दै काठमाडौँँ तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेको हो। चितवनले भने तीन खेलमा जित, ३ खेलमा हार र एक खेलमा अंक बाँड्दै चौथो स्थानमा रहेर काठमाडौँसँगको भेट पक्का गरेको हो।

यसअघि लिग चरणको भएको भेटमा काठमाडौँले चितवनलाई १० रनले हराएको थियो। काठमाडौँँ आज चितवनमाथि जितको लयलाई कायम राख्दै दोस्रो क्वालिफायरमा स्थान बनाउन चाहन्छ। जारी एनपीएलमा विदेशी खेलाडीको भरमा देखिएको काठमाडौँँ डेविड वार्नर बिना कमजोर देखिएको छ।

वार्नर टिममा हुँदाको चार खेल जितेको काठमाडौँले उनी बिनाको तिन खेलमा हार भोगेको छ। काठमाडौँले आशा गरेका नेपाली खेलाडीले पनि जारी सिजन उत्कृष्ट प्रर्दशन गर्न सकेका छैनन्। लिग चरणको अन्तिम खेलमा काठमाडौँ पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएको थियो। चितवन भने लिग चरणमा भोगेको हारको बदला लिदै अघि बढ्न चाहन्छ। यो सिजन चितवनले मिश्रित नतिजा हात पारिरहेको छ।

लिग चरणको अन्तिम खेलमा चितवन कर्णाली याक्ससँग २४ रनले पराजित भएको थियो। विराटनगर लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि चितवनले प्लेअफ यात्रा तय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस