Skip to main content

Nirvik Khabar

आफूसहित देउवा र प्रचण्डलाई पक्राउ गर्ने धम्की आएको ओलीको दाबी, भन्छन्- हामी मजाकको पात्र हौँ?

Advertisements
Single Page Long - 2

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताएका छन्।

पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरूलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाए। राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको उनले बताए।

उनले भने, ‘आज एउटा आतङ्कपूर्ण, त्रासमय आईजीपी, आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म। आईजीपीको बोलाइ त्यस्तो हुन्छ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् इनका? थुन्दिन्छु रे?’

राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन उनले चेतावनी समेत दिए। उनले कसैविरुद्ध अपराधको प्रमाण भेटिए कानूनी कारबाही गर्न आग्रह गरे। तर, पक्राउ गर्ने धम्की नदिन चेतावनी दिए। अध्यक्ष ओलीले गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै सके सबैलाई थुन्न चुनौति दिए।

ओलीले अगाडि भने, ‘हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरङ्कुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ। अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलनालाई थुन्दिन्छु, ठट्टा मजाक ग¥या हो? तिनी जन्मिनभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ। मजाक गर्ने हामीमाथि? थुने हुन्छन् त समातेर। जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु, के हो यो? हामी मजाकका पात्र हौँ? ठट्टा जस्तो भएको छ सबलाई।’

उनले थपे, ‘प्रमाण भेटे त उनी पनि थुनिन्छन् होला नि, गलत काम ग¥या प्रमाण भेटे। अरू पनि त थुनिन्छन् होला नि। गृहमन्त्रीको देखिन्छ, फाइल खोल्दै छु, पर्खिनुस् सब थुनिन्छन्, १०१ थुनिन्छन्। कसलाई भन्या हो? अब सबै थुनिन्छन् भने उनी र को बाँच्छन् त नेपालमा?’ उनले एमाले कसैको आतंकबाट नडराउने पार्टी नभएको बताए। गृहमन्त्री विरुद्ध पनि विभिन्न प्रमाणहरू रहेको ओलीले उल्लेख गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस