Skip to main content

Nirvik Khabar

जुवा नियन्त्रणमा सक्रिय चितवन प्रहरी आफैँले जलायो प्लास्टिक

Advertisements
Single Page Long - 2

सुरज पौडेल ,चितवन

जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्रै प्लास्टिकजन्य सामग्री जलाएर नष्ट गरिएको घटनापछि प्रहरीको कार्यशैलीको आलोचना सुरु भएको छ। वातावरण संरक्षण र प्रदूषण नियन्त्रणको जिम्मेवारी बोकेको प्रहरी, कार्यालयभित्रै प्लास्टिकजन्य सामग्री जलाइएको भन्दै प्रश्न उठेको हो।


आइतबार बिहान सञ्चारकर्मीको उपस्थितिमा प्रहरीले दशैँको समयमा चितवनका विभिन्न स्थानबाट बरामद गरेको लङ्गुरबुर्जा खेलमा प्रयोग हुने सामग्रीबारे जानकारी गराएको थियो। प्रहरीले उक्त कारबाहीलाई सफलताका रूपमा प्रस्तुत गरेको केही समयपछि नै बरामद सामग्री प्रहरी कार्यालय परिसरभित्रै जलाएर नष्ट गरेको दृश्य सार्वजनिक भएको हो।


वातावरणीय प्रभावको ख्याल नगरी प्रहरी कार्यालयभित्रै प्लास्टिकजन्य सामग्री जलाइएको विषयमा निर्भीक खबरले भिडियो सार्वजनिक गरेपछि घटनाले थप चर्चा पाएको छ।

चितवनका विभिन्न स्थानमा लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा प्रहरीले २० देखि २५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार प्रहरीले २ हजार ३ सय ३३ गोटी र ५ सय ३६ वटा बाल्टीसमेत बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस