Skip to main content

Nirvik Khabar

विश्व मधुमेह दिवसमा चितवन अस्पतालद्वारा २६५ जनाको निःशुल्क सुगर परीक्षण

Advertisements
Single Page Long - 2

चितवन। विश्व मधुमेह दिवसको अवसरमा चितवन अस्पतालले २६५ जनाको निःशुल्क मधुमेह (सुगर) परीक्षण गरेको छ। अस्पतालले मधुमेह रोगको जोखिम, रोकथाम, समयमै परीक्षण तथा स्वस्थ जीवनशैलीबारे जानकारी दिँदै सचेतनामूलक कार्यक्रमसमेत सम्पन्न गरेको हो।

कार्यक्रममा परीक्षण गरिएका व्यक्तिहरूलाई मधुमेह रोगका लक्षण, यसले स्वास्थ्यमा पार्न सक्ने असर तथा रोगबाट बच्ने उपायबारे जानकारी गराइएको थियो।

परीक्षण पश्चात् मधुमेह रोगबारे जानकारी दिँदै वरिष्ठ फिजिसियन प्रा. डा. विजय पौडेलले शारीरिक रूपमा सक्रिय रहन, नियमित व्यायाम गर्न र सन्तुलित खानपानमा ध्यान दिन सुझाव दिनुभयो। उहाँले चिनी तथा गुलियो पदार्थको सेवन कम गर्न, दिनभरि थोरै–थोरै मात्रामा सन्तुलित खाना खान र रातिको खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँका अनुसार उचाइअनुसार शरीरको तौल कायम राख्ने, प्रशस्त मात्रामा सागसब्जी, फलफूल तथा रेशादार खानेकुरा सेवन गर्ने र चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्ने बानीले मधुमेहको जोखिम कम गर्न तथा रोग नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ।

संयमित एवं सन्तुलित खानपान, नियमित शारीरिक व्यायाम र आवश्यकताअनुसार औषधि वा इन्सुलिनको प्रयोगबाट मधुमेहलाई नियन्त्रणमा राख्न सकिने डा. पौडेलले बताउनुभयो। विश्व मधुमेह दिवसको अवसरमा आयोजित यस्ता कार्यक्रमले मधुमेहबारे जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै स्वास्थ्य परीक्षण गर्न सर्वसाधारणलाई प्रेरित गर्ने विश्वास अस्पतालले लिएको छ।

 

तस्विरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस