Nirvik Khabar

मंसिर २ गते निर्वाचन गर्न आयोगको प्रस्ताव, छलफल गरेर निर्णय लिने प्रधानमन्त्रीको भनाइ

????????????? ????????? ???????? ?????? ???????? ?????? ?????????? ?????????? ???????? ?????? ??????????? ?????? ????????????? ????? ??????????? ?????? ??? ????? ? ?????? ? ???? ???????, ????

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिमण्डलले आगामी मङ्सिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल गरी सो विषयमा छिट्टै निर्णय लिइने बताएको जनाइएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको सिफारिसमा निर्वाचनको मिति सरकारले तोक्ने व्यवस्था छ ।

विद्युतीय प्रणालीबाट मतदानको व्यवस्था गर्ने भएमा आवश्यक सामग्री आउँदो साउन मसान्तसम्म आयोगलाई उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई आधार मानेर दुवै सभाका सदस्यको समयावधि आगामी मङ्सिर २२ गते सम्पन्न हुने आयोगले जनाएको छ ।निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष, विश्वसनीयका साथै खर्च न्यूनीकरण गर्न दुवै निर्वाचन एकै दिन सम्पन्न गर्ने तयारी आयोगले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस