Nirvik Khabar

साफ यू–१९ फुटबल आजदेखि, नेपाल र पाकिस्तान खेल्ने

काठमाडौँ– साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।समूह चरणको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ ।

त्यसअघि दिउँसो साढे १ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ .प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटान सहभागी छन् । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा बंगलादेश र भुटान छन् ।असोज १३ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले सोमबार समूह चरणमा माल्दिभ्ससँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस