Nirvik Khabar

२० लाख भन्दा धेरैको नजरमा ‘छैन मलाई सुख’

निर्भीक खबर
निर्भीक खबर

तीजको समयमा नेपाली संगीत बजारमा सयौं गीत निस्कन्छन् , लाखौं लगानी नेपाली गीतसंगीत माथी हुन्छ तर सफलता केही गीतले मात्र पाउछन् । त्यो सफलता आम्दानीको मात्र हैन । दर्शकले गीतमाथि दिने मायाको पनि हो ।

दैनिक बजारमा आउने गीतहरू कति त पानी भन्न पनि पाउदैनन् । कति गीतले भने दर्शकको माया अधिक पाउने गर्छन् ।

केही समय अघि लोकप्रिय गायिका शन्तिश्री परियारको आवाजमा रहेको एउटा गीत रिलिज भयो। उक्त गीत हो ‘छैन मलाई सुख’। यो गीत तीजको हो।

रिलिज भएको दिनदेखि नै यो गीतको चर्चा ह्वात्तै बढ्यो। त्यसो त रिलिजपूर्व नै गीतले एक खालको चर्चा पाउन सुरु गरिसकेको थियो। जब रिलिज भयो त्यसपछि झन् चर्चा चुलिन थाल्यो। अहिले यो गीतले युट्युब प्लेटफर्ममा मात्र २० लाख भन्दा धेरै दर्शक कमाएको छ । तीजको नाममा आउने वास्तविक बेदना समेटिएको भाब भएका गीत मध्य ‘छैन मलाई सुख’ पनि एक हो ।

“आमाले भाग्य लेख्न मिल्ने भाको भा
लेख्थिन् होला सुख, पाउँथिन कि दु:ख”

सुरूवातबाट नै यो शब्दले नारी बेदनाको ध्यान तानेको थियो । यँही गीतमा टिकटक बनाउनेहरू लाखौं  छन् । जुन साच्चिकै नारी भावनामा बहकिएको शब्द रचना छ भन्ने प्रष्ट हुन्छ ।

सुन्दा गीतले जति मन छुन्छ, भिडियो हेर्दा झन् मन चसक्क हुन्छ। गीतको भावलाई कहिँकतै मर्न नदिएर भिडियो निर्माण गरिएको छ। भिडियोमा कलाकार स्मारिका ढकाल फिचर्ड छिन्। स्मारिका अलावा शिशिर पौडेल, घनश्याम ढकाल र छबिका ढकाल लगायतका कलाकारहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ। भिडियोमा स्मारिकाको कुरा गर्नुपर्दा उनले जीवन्त अभिनय गरेकी छिन्। प्रेम सापकोटा “सोनु” को लय तथा शब्दमा रहेको गित प्रेमको आफ्नै यूट्युब च्यानलमा रहेको छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available