Nirvik Khabar

सफ्ट टेक चितवन २०८० सञ्चालन हुने

चितवन- उद्योग वाणिज्य सङ्घ चितवन र कम्युटर एशोसिएशन महासङ्घ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा यही भदौ २१ गतेदेखि २३ गतेसम्म सफ्ट टेक चितवन २०८० आयोजना हुनेभएको छ ।

नव उद्योमी र उद्योग प्रबद्र्धन गर्न चाहनेलाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूलनाराका साथ आयोजना गर्न लागिएको मेलामा आईटिसम्बन्धी काम गर्दै आएका विभिन्न कम्पनीका २० कक्ष रहनेछन् ।

उद्योग वाणिज्य सङ्घ चितवनको परिसरमा आयोजना गर्न लागिएको मेलामा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्था, आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था औद्योगीक तथा व्यापारिक प्रतिष्ठानबीच अन्तरसम्बन्ध स्थापित गरी दिगो पारिस्थितिक प्रणाली निर्माण गर्नका लागि मेला आयोजना गरीएको महासङ्घ चितवन शाखाका अध्यक्ष टेकलाल भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । चितवन र छिमेकी जिल्लामा गरी सफ्टवयर निर्माणका लागि १२ वटा कम्पनीले काम गर्दै आएका छन् । साथै यी क्षेत्रमा १२ वटा कलेजमा आइटीसम्बन्धी पठनपाठन हुँदै आएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिनुभयो । चितवन र यस आसपासका कलेजबाट आइटीसम्बन्धी वार्षिक दुई हजार जनशक्ति उत्पादन हुँदै आएको उहाँको भनाय छ ।

श्रेष्ठले चितवनलाई आइटी हवका रुपमा बिकासका लागि मेला आयोजना गर्न लागिएको बताउनुभयो । मेलामा आइटिसम्बन्धी विभिन्न गोष्ठीसमेत सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस