Nirvik Khabar

आफ्नै निर्देशनमा फिल्म बनाउँदै प्रकाश सपुत

कलाकार प्रकाश सपुतले फिल्म बनाउने भएका छन्। उनले आफ्नै निर्माण र निर्देशनमा पहिलोपटक फिल्म बनाउन लागेको जानकारी दिएका हुन्।यसको नाम के हुने, कलाकार को को रहन्छन्, कथा कस्तो हुन्छ आदि विषयमा आज भिडिओमार्फत घोषणा गर्ने उनले बताएका छन्।

‘लौ है! यो अर्को सपना पनि पूरा गर्न आँटियो। सर्वप्रथम त सपनाको यो हदसम्म पुग्ने आँट, माया, साथ र शुभेच्छा दिनुभएकोमा तपाईंहरू सप्पैसप्पैलाई धन्यवाद’, सपुतले भनेका छन्, ‘अग्रज आदरणीय नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ मा एउटा कलाकारको रूपमा चलचित्रको अनुभव र तपाईंहरूको विश्वास लिने मौक़ा पाएँ अब आफैँले निर्माण÷निर्देशन गर्ने पहिलो चलचित्रको यही वैशाख २३ गते आइतबार (आज) नाम घोषणा भिडिओ रिलिज गर्दै छौँ।’

यसमा चलचित्रको नाम के हो, कथाको पृष्ठभूमि कहाँ हो, पात्रहरू को को हुन्, रिलिज कहिले हो? यी सबैको जानकारी दिइने उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस