Nirvik Khabar

न्यौपानेको ”बैमानी” सार्वजनिक (भिडियो सहित)

received_2129529764081875

मेलवर्न – नेपाली लोकगीतको फाँटमा तीज गीतहरू आउने क्रम जारी छ । यसपाली तीज असोज १ गते परे पनि गीतसंगितको माध्यमले अहिलेबाटै तीज आएको आभास हुन थालेको छ ।

यसै बिचमा अष्ट्रेलियाबाट माधब न्याौपानेले बैमानी तीज गीत ल्याएका छन् । लामो समयबाट अष्ट्रेलियामा रहेका न्यौपानेले गीत संगीतमा समेत सकृय रहदै आएका छन् ।

मायाप्रेमका रोमाञ्चक कथा बस्तु उठाइएको गीतमा केटालाई प्रलय मन पर्ने केटीले अर्कै रोजेर हिडेपछि बैमानीको उपमा दिइएको छ । गीतको कहानी यहाँ बाट सुरू हुन्छ ।

“बैमानीले को रोजिन कुन्नी
मलाई उनि नभइ नि नहुनी ”

“तिमि अन्तै म अन्तै ब्यस्तै ,
क्यारम सानु कर्मको खेल यस्तै”

एमएम इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको गीतमा खुमन अधिकारी , यमुना अर्याल र अन्जु भण्डारीको स्वर रहेको छ । माधब न्यौपानेको शब्द संकलन रहेको “बैमानी” मा खुमन अधिकारीको संगीत रहेको छ ।
होम गुरूङको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सरिता दान्कुटी र बबिन सिंह ठकुरीको नृत्य रहेको छ ।भिडियो दुर्गा पौडेलले छायांकन गरेका हुन भने सुवास अम्गाईले सम्पादन गरेका हुन् ।

भिडियो :-

 

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस