Nirvik Khabar

आज राष्ट्रिय भू–संरक्षण दिवस

काठमाण्डौ – आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसका अवसरमा देशका विभिन्न ठाउँमा अन्तरक्रिया र वृक्षारोपण कार्यक्रम हुँदैछन् ।

बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोपलाई न्यूनीकरण गरी पारिस्थितिक सन्तुलन कायम राख्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

नेपालमा २०३१ साल साउन २४ गतेदेखि भू–संरक्षण दिवस मनाउन थालिएको हो ।

वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावको दृष्टिकोणले नेपाल उच्च जोखिममा छ ।

भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपबाट जनधनको क्षति र वातावरणीय समस्या निम्तिएका छन् ।

वातावरण तथा जलवायु परिवर्तनको विश्वव्यापी समस्यालाई सम्बोधन गर्न सन् १९९२ मा रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनमा हस्ताक्षरको लागि खुला भएको संयुक्त राष्ट्रसङ्घीय महासन्धिहरूमा नेपाल पक्ष राष्ट्रको रूपमा रहेको छ ।

नेपालले जलवायु परिवर्तन सम्बन्धी सन् २०१५ को पेरिस सम्झौता अनुमोदन गरी कार्यान्वयन प्रारम्भ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस