Nirvik Khabar

खेम सेन्चुरी लगाएतले तीजमा धमाका मच्चाउन अष्ट्रेलिया आउदै

मेलवर्न- अष्ट्रेलियाको मेलवर्नमा चर्चित कलाकारहरूको साथमा ”एम.एम तीज टूर अष्ट्रेलिया २०२३” हुने भएको छ । नेपाली नारीहरूकाे पर्व हरीतालीका तीजको अबसरमा आयोजित कार्यक्रम सेप्टेम्बर १५ मा मेलवर्नको ४३ मेलभिल रोडमा हुने भएको हो ।

चर्चित लोक तथा द‍ोहोरी गायक खेम सेञ्चुरी , गायिका शान्तिश्री परियार , सुनिता बुढा क्षेत्री , कलाकार बादल थापा, बबिन सिंह ठकुरी , निरूता पुन,  मोडल सरिता दानकुटी लगाएको धमाकेदार प्रस्तुति रहने एमएम इन्टरटेनमेन्टका सञ्चालक माधब न्यौपानेले बताए ।

अष्ट्रेलियाका विभिन्न ९ वटा स्थानमा कार्यक्रम हुने आयोजकले बताएको छ ।  हरेक बर्ष एमएम ईन्टरटेनमेन्टले  यस्ता कार्यक्रम गर्दै आएको छ । अष्ट्रेलिया कार्यक्रममा पुग्ने कलाकाहरूले राम्रो पारिश्रमिक नपाएको गुनासो बेलबखत आईरहेको समयमा राम्रो पारिश्रमिक दिएर कलाकारहरू आउन लागेको आयोजकले बताएको छ ।

सेप्टेम्बर २ मा सुरू हुने कार्यक्रम सेप्टेम्बर १७ सम्म चल्ने छ । कार्यक्रम अबधिभर बिभिन्न संघसस्थाले सहकार्य गरेका छन् । मेलवर्नमा हुने कार्यक्रममा प्रबेशका लागि २० डलर शुल्क राखिएको छ । कार्यक्रम साझ साढे ५  बजेबाट  सुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस