चितवन- स्पन्दन मिडियाको प्रस्तुतिमा मार्मीक तीज गीत“एकलै” सार्बजनिक भएको छ । एकल नारीको बेदना समेटिएको गीतमा शान्तिश्री परियारको एकल आवाज रहेको छ । श्रीमान नहुँदाको पिडामा छटपटिएकी एकल नारीको कथा गीतमा प्रष्ट सुन्न र देख्न सकिन्छ ।
नवीन नेपालको शब्द सिर्जना तथा अनिस दवाडीको मौलिक लय सिर्जना रहेको गीतमा अधिक मात्रामा एकल नारीको कथा प्रस्तुत गरिएकाे छ । एउटा नारी सानै उमेरमा श्रीमान काे मृत्युका कारण विधवा बन्नु परेकाे कहानीले गीत मर्मस्पर्शी बनेकाे छ ।
श्रीमानकाे मृत्यु पश्चात एकल नारीले भाेग्ने पिडाहरूले गीत भरिपूर्ण बनेकाे छ । सन्तानकै खुसीका लागी एकल नारीले समाजमा गरेकाे संघर्ष भिडियाेले बाेलेकाे छ ।
प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् । “एकलै” गीतको भिडियोमा शिषिर पौडेल र जुना गुरुङ्गको अभिनय रहेको छ ।
Discussion about this post