Nirvik Khabar

सूर्य खड्काकाे “घण्टी टिनीनी” ले पायाे दर्शकाे माया

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं – कुशल सर्जक तथा गायक सूर्य खड्काले हो वर्षका लागि सार्वजनिक गरेको पहिलो तीज गीत ”घण्टी टिनिनि”ले राम्रो सफलता पाइरहेको छ ।

चर्चित नेता रवि लामिछानेको समेत नाम जोडिएको हुनाले पनि गीत दर्शक श्रोताले बढी रुचाएका हुन । त्यसमाथि सो पार्टीको चुनाव चिन्ह पनि घन्टिनै रहेको छ ।

गीतलाई शब्दमा माहिर चर्चित सर्जक रबिन लामिछानेले शब्द सृजना गरेका छन् भने लय स्वयम् सुर्य खड्काको रहेको छ । आवाजमा खड्कालाइ साथ दिएकि छिन पछिल्लो समयकि चर्चित गायिका सुनिता बुढाले । उक्त गीतको संगित संयोजन बिनोद बाजुरालीले गरेका छन ।

कुमार केशिको निर्देशन मा रहेको भिडियोमा मुख्य पात्रको रुपमा अर्जुन सापकोटा र रुबिना अधिकारिलाइ देख्न सकिन्छ । गीत दर्शक श्रोताको रोजाइमा पर्नेमा निर्माण बिश्वास लिएको छ । गीत सुर्य खड्का युटुब च्यानल बाट बजारमा आएको छ ।

 

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available