Nirvik Khabar

साउने सोमवारको व्रत यसपटक असार २५ गतेदेखि नै किन हुँदैछ सुरु?

काठमाडौं – चान्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत असार २५ गते सोमवारदेखि सुरु हुने भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चान्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए।

धर्मशास्त्रका विज्ञबिच यस वर्षको अधिकमासको साउनमा परेको सोमवार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ। नेपालमा सौरमास अनुसारका सोमवार नै व्रत गर्ने परम्परा रहेको समितिका पूर्व अध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्।

साउने सोमवारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। साउनको शनिवार र सोमवार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।

चान्द्रमास अनुसारको पहिलो शनिवार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए। साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए।

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ। साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस