Nirvik Khabar

नक्कली भूटानी शरणार्थी प्रकरण : आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माकै

काठमाडौँ- नक्कली भूटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम उल्लेख भएको अडियोमा प्रतिवादी सन्देश शर्माकै स्वर रहेको स्पष्ट भएको छ ।

प्रहरी प्रधान कार्यालयले अडिओ नक्कली भूटानी शरणार्थी प्रकरणमा सार्वजनिक अडियो परीक्षण गर्दा प्रतिवादी दाङ तुल्सीपुर–१६ का ३४ वर्षीय सन्देश शर्माको स्वरसँग मेल खाएको जनाएको हो ।

वैशाख २ गते आफ्नो नाम जोडिएपछि आरजु राणाले साइबर ब्युरोमा दिएको उजुरीको आधारमा गरिएको परीक्षणमा सन्देश शर्माको आवाज भएको दाबी गरेको प्रहरीले उक्त अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको भए पनि थप विवरण नआएको जनाएको छ ।

उक्त अडियोमा आरजुलाई पनि पैसा दिइएको सन्देशले बोलेका छन् । तर, यसलाई आरजुले खण्डन गर्दै आफूले यसबारे जानकारी नै नभएको बताउँदै आएकी छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा सन्देश पुर्पक्षका लागि थुनामा छन् । उनीविरुद्ध गठीत तथा सङ्गठित अपराध कसुरमा मुद्दा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस