Nirvik Khabar

एकल महिलालाई ‘बगान’ नि: शुल्क

चितवन-असार २९ गतेबाट देशैभर प्रदर्शन हुन लागेको चलचित्र ‘ बगान’ एकल महिलाले निशुल्क हेर्न पाउने भएका छन्।चितवनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्देशक सरोज खनालले एकल महिलाले कार्ड लिएर हलमा गएमा फिल्म हेर्न कुनै शुल्क नलाग्ने बताएका छन्।

हरेक घरका महिलाको दुख, समस्या र त्यसको समाधान सहितको फिल्म प्रदर्शन गर्न लागेको खनालले बताए। ‘कलाकारितामा करिष्मालाई अझै अब्ब्ल देखाउन सकिन्छ भनेर सुटिङ अवधिभर उहाँलाई ऐना हेर्न नै दिएन । राम्रो काम गरौं भनेर लाग्यौ,’ उनले भने।

कार्यक्रममा बोल्दै नायिका करिष्मा मानान्धरले बगान फिल्म मार्फत क्रान्ति गरेको बताइन्। सन्देशमुलक चलचित्र बनेकोले हलसम्म आएर हेरिदिन मानन्धरले आग्रह समेत गरेकी छन्।

आफू भन्दा अग्रजसंग काम गर्न पाउँदा शब्दमा बयान गर्न नसक्ने खुसी लागेको उक्त फिल्मकी कलाकार प्रमिला कार्कीले बताइन्। ठूलो विश्व विद्यालय गएर पाएको जस्तो अनुभव भएको उनले बताइन्। सुरेश वाग्लेको निर्माणमा बनेको फिल्ममा करिष्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस