चितवन- भारी वर्षा र पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध बनेका छन्। बिहान १०ः३० बजेसम्मको पछिल्लो अपडेटअनुसार कोसी प्रदेशको पाँचथर फिदिम नगरपालिका– ४ स्थित तमोर करिडोर सडकखण्ड, मेची राजमार्गको सडकखण्ड, संखुवासभाको धर्मदेवी नगरपालिका– ८ स्थित ठूलो अकरको भिर, लेगुवा–खाँदबारी सडकखण्ड अवरुद्ध भएका छन्।
ललितपुर महानगरपालिका– ३, भालुखोला र पाङ्दुर डोल, कान्तिलोकपथमा पहिरो जाँदा यातायात अवरुद्ध भएकोमा अहिले एकतर्फी खुलेको छ। यस्तै, गण्डकी प्रदेशअन्तर्गत पर्वतको जलजला गाउँपालिका– ७, केराबारी–बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ।
यता लुम्बिनी प्रदेशअन्तर्गत तानसेन नगरपालिका– ५ स्थित तिनलाँकुरी–पाल्पा–गुल्मी पक्की सडकखण्ड, अर्घाखाँची–शीतगंगा नगरपालिका– २, भुवनपाटा– गोरुसिंगे –सन्धिखर्क सडकखण्ड अवरुद्ध भएका छन्।
सुदूरपश्चिम प्रदेशअन्तर्गत अछामको बान्निगढी जयगढ गाउँपालिका– ४, कचरेटी खोला–मंगलसेन–साँफे सडकखण्ड, दार्चुलाको शैल्यशिखर नगरपालिका– ६, पनेबाँज र मालिकार्जुन गाउँपालिका– ४ तेर्छालेक, गोकुलेश्वर–दार्चुला हाइवे सडकखण्ड, बैतडीको सुर्नया गाउँपालिका– ८ आलुगैरा, जयपृथ्वी राजमार्गमा खोडपे–बझाङ सडकखण्ड अवरुद्ध भएका छन्।
मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ।
Discussion about this post