Nirvik Khabar

चितवन–२ को मतगणना सकियो, रेकर्ड ब्रेकसहित रवि लामिछाने विजयी

चितवन । चितवन २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलवार मध्याह्न सम्पन्न भएको हो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् ।

चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।
यसअघि मङ्सिर ४ को निर्वाचनमा  पनि लामिछाने भारी मतका साथ विजयी भएका थिए ।अहिले उनले त्यति बेला पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरे ।  गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । अहिले उनले ४ हजार ८७४ मत पाए ।
नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो । उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ ।

chitwan-2

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस