चितवन,चैत ३०-
नयाँ वर्ष-२०८० को अवसर पारेर चितवनको नारायणी नदी किनारमा साँस्कृतिक साँझ आयोजना हुने भएको छ । बैशाख १ र २ गते नारायणगढस्थिति नदी किनारमा सांस्कृतिक साँझ आयोजना गरिएको हो । एमएमबिकेएल इभेन्ट एण्ड बहुउदेश्यिीय प्रालिको आयोजनामा हुने साँस्कृतिक साँझको तयारी पुरा भएको छ । दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कन्सर्ट हुने छ । कार्यक्रमका व्यवस्थापक सानु खड्काले साँस्कृतिक साँझमा पल शाह लगायतको उपस्थिति रहने जानकारी दिए ।
पल शाहसँगै कन्सर्टमा हिमाल सागर, उर्गेन दोङ,द साइन ब्याण्ड, सुनिल पण्डित (भोजपुरी गायकंं), एम.टी महर, जे.बि ओली, सागर ओली, मनिस खड्का, संचिता बोलाखे र सुप्रिम मल्लको उपस्थिति रहने छ । कन्सर्टमा २०० देखि ३०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
https://www.youtube.com/watch?v=ingF0sIVqd4
Discussion about this post