Nirvik Khabar

जापानमा नयाँ बर्ष २०८० का अबसरमा सांगीतीक धमाका हुने

जापानमा नयाँ बर्ष २०८० का अबसरमा सांगीतीक धमाका हुने भएको छ । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाको आयोजनामा यही अप्रलि १४ तारिखमा जापानको ओसाकामा भब्य कार्यक्रम हुने भएको हो ।

नेपाली समुदायहरुको घना बासोबास रहेको ओसाकामा नयाँ बर्षको अबसरमा हुन लागेको कार्यक्रममा शुभकामना आदानप्रदान पनि हुने आयोजकले जनाएको छ । एचडीआरडी सांगीतीक धमाका २०८० नाम दिएको कार्यक्रम ओसाकाको मिनाटो कुमिन सेन्टरमा दिनको ठिक ४ बजेबाट सुरु हुनेछ भने कार्यक्रम अवलोकनका लागी २ हजार जापानी एन प्रबेश शुल्क तोकिएको छ । कार्यक्रममा चर्चित कलाकार राजु परियार , शान्ती श्री परियार , बिक्रम परियार , तथा हास्य कलाकार राजा राजेन्द्र पोख्रेलको प्रस्तुति रहनेछ ।

सामाजिक रुपान्त्रण तथा चेपाङ बालबालिकाहरुको सहयोगका लागी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिवेक कंडेलले बताउनुभएको छ । हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाले बिगत केही समयदेखी समाजसेवा तथा सहयोगका कार्यक्रम गर्दै आएको छ । संस्थाले करिब ३०० जना बिपन्न बिद्यार्थीहरुलाई संस्था कै रहोबरमा पुर्ण छात्रवृत्ति का साथ पढाइरहेको संस्थाका केन्द्रीय सह सचिव रविन देवकोटाले जानकारी दिनु भयो । संस्थाको प्रधान कार्यलय नेपालमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस