Nirvik Khabar

हरिवंशको ‘काउली’ यूट्युबको १ नम्बर ट्रेन्डिङमा

काठमाडौं – हाँस्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत यूट्युब ट्रेन्डिङ नम्वर १ मा परेको छ। आरटी ईन्टरटेनमेन्ट यूट्युब च्यानलबाट ६ दिन अगाडि सार्वजनिक भएको उक्त गीतलाई १७ लाख पटक हेरिएको छ।

गीतको  भिडिओमा आचार्य स्वयंले अभिनय गरेका छन्। भिडिओमा उनीसँगै पहिलोपल्ट गायक प्रकाश सपुत र नायिका प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । लोक लयमा आधारित ‘काउली’ गीतमा हरिवंशलाई लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

श्यामश्वेत रसाईलीको एरेन्ज र गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडिओमा चेलिबेटी बेचबिखनको सन्देश दिन खोजिएको छ । भिडिओलाई निर्देशक सरोज ओलीले निर्देशन गरेका छन् ।उनकै शब्द र रचना रहेको ‘काउली’ ट्रेन्डिङ को १ नम्वर स्थानमा परेपछि हरिवंशले गीतका सबै कलाकार ,प्राबिधिक र प्रायोजकहरुप्रति आफ्नो सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस