Nirvik Khabar

बढ्दो उमेर संगै फक्रदै छ सरिताको अभिनय क्षेत्र

चितवन –  उमेरले भर्खरै २२ मा पुगेकी सरिता दान्कोटि पछिल्लो समय नेपाली संगीत क्षेत्रमा उँदाउदै गरेकी मोडल हुन् । धादिङको दलाङ गाँउमा जन्मिएकी उनि स्कुले जिवन नुवाकोटमा सकाउदै थप उच्च शिक्षा अध्ययनका लागी पोखराको सुन्दर शहरमा पसेकी सरिताले त्यहीबाट आफ्नो नृत्य तथा अभिनय यात्रालाई सुरु गरिन् । नेपाली रंगमन्च यती बिशाल थियो कि उनले आफ्नो करियरलाई थप उचाई दिन त्यहाबाट काठमान्डौं तिर लागिन । राजधानीलाई कर्मथलो बनाएर नेपाली संगीत क्षेत्रमा उदाँउदै गरेको एक नाम हो सरिता दान्कोटि ।

No description available.

स्कुले जिबनमा धेरै मेला महोत्सबमा अनौपचारीक रुपमा नृत्य गरेकी उनले पोखराको पोखरा कला केन्द्र बाट औपचारीक नाँच सुरु गरेकी हुन् । सानै उमेरमा करिब १५० भन्दा धेरै म्यूजिक भिडियोमा अभिनय तथा नृत्य गरेर सफलता प्राप्त गरेकी सरिताले अहिले केही स्कुल तथा कला केन्द्रहरुमा प्रशिक्षकको रुपमा सिकाउदै पनि आएकी छन् ।

नेपाली कलाकारिता क्षेत्रमा संघर्षले स्थापित भएका केही कलाकारहरु अहिले आउने नयाँ कलकारहरुकै कारण पछि परिरहेको अबस्थामा सरिता भने संघर्षबाट नै यो स्थानमा आएको बताउछिन् । उनि भन्छिन “नेपालमा कलाकार हुन सहज छैन झन महिला कलाकार त्यसमा पनि मोडलिङ् तथा नृत्य क्षेत्रमा मेहेनत गरेर यँहा सम्म आउनु मेरो लागी त्यति सहज थियन , एक चरणको कष्ट पार गरे अबको बाटे चाँहि सहज मानेकी छु , म मेहनत भने गरिरहन्छु “।

No description available.

सरिताले करिब ६  बर्ष अघि  ‘बास्ना धुपैकाे’ बाेल काे गीत बाट अभिनयमा यात्रा सुरू गरेकी  हुन् त्यस यता  उनले अभिनय  तथा नृत्य गरेका केही गितहरु ‘तगारो’ , ‘मनका डिलहरु’ , ‘बरको डाली’ , ‘दरम खोला’ लगायतका एल्बमले अत्याधिक सफलता पाएका छन् । सरिता दान्कुटी अहिले दैनिक नँया नँया म्युजिक भिडियोको सुटिङमा ब्यस्त रहेकी छन् । नेपाली नृत्य तथा अभिनय क्षेत्रमा उनले पाएको सफलता लोभ लाग्दो रहेको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस