गैँडाकोट – आइतबारदेखि सुरु भएको प्रथम गण्डकी औधोगिक व्यापार मेला-२०७९ गैँडाकोटको नारायणी नदी किनारमा जारी छ । महोत्सवको दोस्रो दिन स्थानीय र राष्ट्रिय कलाकारले प्रस्तुती दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गैँडाकोट उद्योग वाणिज्य संघको सहआयोजना र गण्डकीका सबै उद्योग वाणिज्य संघहरुको सहयोगमा जारी महोत्सवमा आज गायक रामेशराज भट्टराई, राधिका हमाल लगायतको प्रस्तुती रहेको थियो । महोत्सवको तेस्रो दिन आज गायिका प्रिती आले, प्रतिमा गैरे गायक उर्गेन डोङ लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा झण्डै ३ सय स्टल राखिएको छ भने स्थानीय कला, संस्कृतिसंगै पुरातात्विक क्षेत्रको प्रदर्शनी पनि भइरहेको छ । महोत्सवको करीब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
Discussion about this post