Nirvik Khabar

रामेश्वर कार्कीले सम्हाले चितवन प्रहरी प्रमुखको कमाण्ड

माघ २६ ,चितवन,

चितवन प्रहरी प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले सम्हालेका छन् । बिहीबार प्रहरी उपरीक्षक कार्की जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएका छन् ।

देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट समदेनशिल मानिन्छ । विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्की अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनी विशेष सुरक्षा गण सुनवलबाट सरुवा भएर चितवन प्रहरी प्रमुखका रुपमा आएका हुन् ।

यसअघि चितवनको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक नवराज अधिकारीले १ वर्ष जिल्लाको कमाण्ड सम्हालेका थिए । अधिकारी केन्द्रीय अनुसन्धान ब्युरोमा सुरुवा भएका छन् ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस