एडिलेड- साङ्गीतिक ब्यान्ड एक्सिसले करिब पाँच बर्षपछि अष्ट्रेलियामा आफ्नो प्रस्तुती दिने भएको छ । डि.बी ईभेन्ट एण्ड एन्टरटेनमेन्टले अष्ट्रेलियाको एडिलेडमा कार्यक्रमको आयोजना गरेको हो । नेपालीहरुको बाक्लो बसोबास रहेका एडिलेडमा मनोरन्जनका साथ नेपालीहरु बिचको सम्बन्ध साटासाट गर्नका लागी कार्यक्रमको आयोजना गरिएको हो । अप्रिल र मे महिनामा कार्यक्रम हुनेछन् ।
सन् २००० मा स्थापना भएको एक्सिस व्याण्डले बिश्वका धेरै देशहरुमा भ्रमण गरेको छ । विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा पहिलो स्थानमा एक्सिस रहेको छ । व्याण्डले हालसम्म ‘अधुरो प्रेम (२००३)’, ‘मलाई माफ गरि देउ (२००९)’ र ‘घर गाउँ(२०१७)’ जस्ता हिट एल्बम बजारमा ल्याइसकेको छ । ब्यान्डमा सन्दिप विश्वकर्मा सहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य छन् ।
नेपाली संस्कृति संरक्षण र प्रबर्धन तथा संगीतको उत्थानका लागि काम गर्ने योजना रहेको आयोजकले कार्यक्रममा सहभागी भएर हौसला दिन आग्रह गरेको छ ।
Discussion about this post