Skip to main content

Nirvik Khabar

रविको टुङ्गो लगाउन माओवादी बैठक बस्दै

Advertisements
Single Page Long - 2

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिने बारेमा निर्णय गर्न आज स्थायी समिति बैठक बस्न लागेको हो ।बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे बोलाइएको छ ।

हिजोको लागि बोलाइएको बैठक नेताहरूको कार्य व्यस्तताका कारण स्थगित भएको थियो ।गत आइतबार रविले पुनः नागरिकता लिएपछि फेरि गृह मन्त्रालय आफूले नै पाउनु पर्ने भन्दै आएका छन् ।गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने सहमति हुँदा गृह मन्त्रालयले रास्वपाले पाएको थियो ।

यसअघि मंगलबार बसेको माओवादीको पदाधिकारी बैठकमा भने प्रचण्डले सर्वोच्चको पूर्ण पाठ आएपछि मात्रै रविलाई गृह मन्त्रालय दिन सकिने बताएका थिए ।तर प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा सलीलेसमेत गृह रविलाई नै दिन दबाब दिइरहेका छन् ।रविलाई गृह माग्दै बालुवाटारमा पुगेर प्रचण्डलाई दबाब दिँदै आएका छन् ।हिजो मात्रै राप्रपा अध्यक्ष एवं उर्जामन्त्री राजेन्द्र लिङ्देन पनि बालुवाटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस