नारायणगढ – नारायणगढको हङकङबजारस्थित चित्रकथा बुटिकले ग्राजुएसन रनवे गर्ने भएको छ ।माघ १२ गते ‘चित्रकथा ग्राजुएसन रनवे’ रनवे गर्न लागिएको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । कार्यक्रम भरतपुर महानगरपालिका ४ स्थित स्वाद सदन पार्टी प्यालेसमा १२ गते गते साँझ हुनेछ ।
उक्त कार्यक्रम मार्फत १४ जना फेसन डिजाईनरहरु दिक्षित हुने बुटिककी सञ्चालक अनिता तामाङले जानकारी दिईन् । बुटिकले बुटिकले सञ्चालन गरेको एकेडेमीमार्फत अहिलेसम्म ५० जनालाई फेशन डिजाइनिङ सम्बन्धी सिप सिकाईसकेको छ । जस मध्ये १४ जना दिक्षित हुन लागेका हुन् ।
उक्त कार्यक्रममा दिक्षित हुने १४ जना डिजाईनरहरुले आफ्नो रचनात्मक डिजाईनहरु प्रस्तुत गर्नेछन् । चितवनकै १४ जना मोडलहरुले डिजाईनरको डिजाईनहरु उपस्थित दर्शकमाझ प्रस्तुत गर्ने कोरियोग्राफर सलिन श्रेष्ठले बताए ।डिजाईनरहरुले वर्षभरी सिकाईमा गरेको लगानीको प्रतिफल कस्तो आउँछ भनेर सोही कार्यक्रममार्फत बुझ्ने अवसर पनि प्राप्त गर्ने सञ्चालक तामाङको भनाइ थियो । ‘उहाँहरुले वर्ष भरी पढ्दाको लगानीको नतिजा कस्तो आउँछ भनेर बुझ्ने अवसर पनि प्राप्त गर्नुहुन्छ’, उनले भनिन्, ‘त्यस कार्यक्रमपछि उहाँहरु पढाई सकेर आ-आफ्नो व्यवसाय गर्न सक्नुहुन्छ ।’
पत्रकार सम्मेलनमा फेशन डिजाईनिङ सम्बन्धी कक्षा लिएर दिक्षित हुने तयारीमा रहेका खैरहनी नगरपालिका १० कठारकी निशाना चौधरीले आफ्नो अनुभव सुनाएकी थिईन् । चित्रकथाबाट आफूमा भएको डिजाईनिङ सम्बन्धी कला पहिचान र आँफैले फरक किसिमको डिजाईन कसरी गर्ने भन्ने बारे सिक्ने अवसर पाएको उनले बताईन् । २०७४ सालमा स्थापित चित्रकथा ‘बुटिक अफ दि एयर २०१८’ र ‘पपुलर चोइस बुटिक अफ दि एयर २०१८’ बाट सम्मानित भएको थियो । बुटिकले बिभिन्न सौन्दर्य प्रतियोगिता तथा रनवेमा सहभागीता जनाउदै आएको छ । बुटिकले हाल ६ जना प्रत्यक्ष रोजगार दिएको छ ।
Discussion about this post