Nirvik Khabar

आज साँझ ४ बजेदेखि क्याम्पाचौरमा ‘नेपथ्य लाइभ कन्सर्ट’

चितवन- मानवता प्रवर्द्धनका लागि मानवसेवा आश्रमको आयोजनामा चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आज साँझ ४ बजेदेखि हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पुरा भएको छ । कन्सर्टको पूर्वसन्ध्यामा शनिबार नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङले क्याम्पाचौर पुगेर रिहर्सल गरी स्टेजमा माइक परीक्षण गरे। कार्यक्रमका अन्य आवश्यक सबै तयारी पुरा भएको र टिकट विक्रीसमेत सकिएकाले कन्सर्टका दिन थप टिकटको व्यवस्थापन गरिएको मानवसेवा आश्रमका जिल्ला संयोजक सौगात श्रेष्ठले जानकारी दिएका छन्।

नेपथ्यका मुख्य गायक गुरुङको झण्डै दुई घण्टा एकल प्रस्तुतिमा क्याम्पाचौरमा उपस्थित सङ्गीत पारखी झुम्न पाउनेछन् । सङ्गीतसँगै तरङ्गीत हुने गायक गुरुङको हाउभाउ र शरीरको ताल र जोशले उपस्थित दर्शकलाई झुमाउने छ । शनिबार आश्रमको कार्यालय नारायणगढमा नेपथ्यका मुख्य गायक गुरुङसहित नेपथ्य परिवारसँग चियापान तथा भेटघाट कार्यक्रम भएको थियो । गायक गुरुङले बाँचुञ्जेल खुसी भएर बाँच्न र जीन्दगीभर परोपकारी काम गर्न अनुरोध गर्दै जीवनमा सबैभन्दा बढी कार्यक्रम नारायणगढमै भएको बताए । उनले यसपटक चितवनमा व्याण्डले आठौँ संस्करणको प्रस्तुति दिन लागेको जानकारी दिँदै मानवताका लागि हुन लागेको यो कार्यक्रम अझै खास रहेको बताए ।

उनले धन भएका भन्दापनि मन भएकाहरुले सहयोग गर्ने भएकाले यो मानव मन्दिर निर्माणमा हातेमालो गर्न सबैमा अनुरोध गरे । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले क्याम्पाचौरको कन्सर्ट हेर्न चितवनवासीसँगै आफू पनि आतुर रहेको बताइन् । उनले बेसहारा तथा सहयोगापेक्षी सडकआश्रित मानवको मानवोचित व्यवस्थापनका लागि महानगरपालिका नचुक्ने बताउँदै आश्रमलाई आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् । कन्सर्टको महानगरपालिका सहआयोजक समेत हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले चितवनवासीको साथ सहयोग र हौसलाले यहाँको सडकमा सहयोगापेक्षी सडक मानवरहित बनाउन सफल भएको र यसको निरन्तरताका लागि अझै सहयोग र हौसलाको खाँचो रहेको बताए । कन्सर्टका संयोजक तथा आश्रमका अभिभावक ओमकार कँडेलले सन् २०८२ सालसम्म मुलुकका सडकलाई नै सहयोगापेक्षी सडकमानव रहित बनाउने आश्रमको संकल्पलाई सार्थक बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

उनले सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले गरिरहेको उल्लेख गर्दै मानवीयताको अभियानमा एकजुट हुन आव्हान गरे । उनी आश्रमको आजिवन भोजनसेवा दातासमेत हुन्। उनले युवालाई जोडेर मानवताको सन्देश दिने र मानवता प्रवद्र्धन गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य भएको बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आश्रमले शुरु गरेको पवित्र कामलाई संघले सधैँ साथ दिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस