Nirvik Khabar

नकुलको ‘हुन्छ भन’ युट्युवको ट्रेन्डिङ्गमा

पछिल्लो समयका चर्चित सर्जक तथा कलाकार नकुल ढकाल (नविन)ले शब्द रचना गरेको लोक दोहोरी गीत ‘हुन्छ भन’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक वसन्त थापा, रबि कार्की र जुना श्रीषको आवाज रहेको गितको म्युजिक भिडयो बसन्त थापाको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक भएको २४ घण्टाको अबधिबाट युट्युवको ट्रेन्डिङ्गमा परेको छ ।

दर्शकले गित मौलिक र शब्द उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् । गायक तथा सर्जक वसन्त थापाको लय रहेको गीतमा नकुल ढकालको शब्द रहेको छ ।वानडिबी एचडी स्टुडियोमा रेकर्ड भएको गितको एरेन्ज एचबिएन किस्मतीको रहेको छ । म्युजिकको भिडियोमा दुर्गेश थापा, बसन्त थापा र गिता ढुङ्गानाको अभिनय छ । शिव विकले सो गीतको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस