Nirvik Khabar

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन आज पनि बार धर्ना दिँदै

Advertisements
Single Page Long - 2

काठमाडौं – नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भएको छ। संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए । विरोधमा बारले धर्ना दिए पछि उनको प्रयास असफल भएको थियो।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए। त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उनले बताए । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताए । महाभियोग निष्क्रिय भएको भनेर लेखिएको पत्रविरुद्ध दायर रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस