चितवन – भरतपुर महानगरपालिका १ आँपटारीमा एम्बुलेन्स र अटो आपसमा ठक्किदा ६ जना घाइते भएका छन् ।आज (बिहीबार) दिउँसो ३:२० बजे नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको ना२च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणगढ तर्फ आउँदै गरेको ना२ह २८६२ नम्बरको अटो आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा अटोमा सवार चालकसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते हुनेहरुमा अटो चालक भरतपुर ८ का ३२ वर्षीयसूर्यबहादुर खुलाल, उनकी श्रीमती २५ वर्षीया अन्जु तामाङ, छोरा दुई वर्षीय किरण खुलाल, खैरहनी नगरपालिका ११ का ३३ को सूर्यबहादुर गुरुङ, उनकी श्रीमती ३१ वर्षीया रन्जु लामा र छोरी २ वर्षीया खुशी गुरुङ रहेका छन् ।
घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको श्वासथा सामान्य रहेको प्रहरीले जनाएको चाह । दुबै सवारी साधन र एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा रहेको छन् । A2z Samachar
Discussion about this post