काठमाडौं,मंसिर १९
विगत १४ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२३ को ११औँ संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ।उपत्यकालगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्षदेखि २५ वर्षसम्मका छात्राहरुलाई मध्यनजर गरी मिस ईकलेज २०२३ आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताए।
कलेजस्तरका युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो। विगत १३ वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो एघारौैं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो।
उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट २१ जना प्रतियोगीहरुलाई सहभागी गराइनेछ। ‘विद्यार्थीको व्यक्तित्व शिक्षा र सौन्दर्य भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने मिडियाले जनाएको छ।कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई विभिन्न विषयमा अध्ययन गर्न चाहेमा नेपाल एयर होस्टेज एकेडेमीमा ७ हजार बराबरको छुट, त्यसैगरी फेशन डिजाइन कोर्षमा ७ हजार बराबरको छुट, मेकअप तालिम लिन परेमा ५ हजार बराबरको रकम छुटको व्यवस्था पनि गरिएको छ भने उच्च शिक्षामा विभिन्न छात्रावृत्तिहरु प्रदान गरिनेछ।
कार्यक्रमको लागि सहभागिताको लागि पुस पहिलो सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीमा भर्न सकिनेछ।
उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा माघको पहिलो साता राजधानीमा हुनेछ।प्रतियोगिताका विजेताहरुले “मिस ईकलेज २०२३” को ताज उपाधिसहित स्नातक तहमा २ लाख बराबरको छात्रवृत्तिलगायत विभिन्न पुरस्कारहरु प्रदान गरिनेछ भने अन्य विजेताहरुलाई मोडलिङ, म्यूजिक भिडियो, फिल्म तथा विभिन्न ब्राण्डको ब्राण्ड एम्बासडरको भूमिकामा सहभागी गराइनेछ भने अन्य विभिन्न अवसरहरु प्रदान गरिनेछ। साथै उच्च शिक्षाको लागि विभिन्न देशमा अध्ययनको लागि छात्रावृत्ति पनि उपलब्ध गराइनेछ भने अन्य गिफ्टहयाम्पर पाउनेछन् यसबाहेक अन्य विभिन्न १० विधामा पनि विजेता छनौट गरिनेछ।
Discussion about this post