Nirvik Khabar

युक्रेनी सेनाले आक्रमण तीव्र बनाएपछि रुसले खर्सोन क्षेत्र खाली गर्दै

received_2129529764081875

काठमाडौं । रुसले युक्रेनको दक्षिणी क्षेत्र खर्सोनका स्थानीयबासीलाई अन्यत्र सार्ने भएको छ ।गत साता रुसले आफूमा गाभेको घोषणा गरेको खर्सोन फिर्ता लिन युक्रेनी सेनाअघि बढेपछि खर्सोनस्थित रुस समर्थित अधिकारीहरूले स्थानीयलाई अन्यत्र जान सुझाव दिएका हुन् । रुसले पनि मानिसहरूको हताहती हुन नदिन उक्त क्षेत्र खाली गराउने बताएको छ ।

रुसी उपप्रधानमन्त्री मरात खुस्नुलिनले एक टेलिभिजनबाट सन्देश दिँदै खर्सोनका बासीन्दालाई आफ्नो सुरक्षाका लागि तयार रहन र रुस वा अन्यत्र जान समेत अनुराेध गर्नुभएकाे छ । रुसी उपप्रधानमन्त्रीले खर्सोन क्षेत्र छाड्ने मानिसहरुलाई रुसमा नि:शुल्क बसोबास तथा खानाको ब्यवस्था गर्ने समेत बताउनुभएको छ ।

खर्सोन छाड्ने मानिसहरूको पहिलो खेप आज (शुक्रबार) रुस पुग्ने पनि जनाइएकाे छ । युक्रेनी सेनाले अमेरिकाले उपब्ध गराएको हिमार रकेटबाट आक्रमण गर्दै अघि बढेकाे छ । जसका कारण खर्सोन क्षेत्रमा भीषण संघर्ष हुने अनुमानसहित रुसले सर्वसाधारणलाई बाहिर निकाल्ने रणनीति लिएको विश्लेषण समेत गरिएको छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस