Nirvik Khabar

श्रीमतीसँग बालेनको लण्डन पबमा रोमान्टिक डान्स

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दरबारमार्गस्थित लन्डन पबमा श्रीमतीसँग नाचेका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

पबको सामाजिक सञ्जालमा राखिएको फोटो र भिडियोमा मेयर बालेन उनकी श्रीमती सबिना काफ्लेसँग रोमान्टिक मुडमा नाचेको देखिन्छ । उनले नाच्दा त्यहाँको माहोल नै तातिएको थियो ।

हाल लण्डन पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् ।

महानगरपालिकाले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो । लण्डन पब हटाउन महानगरका मेयर बालेन ८ भदौमा आफैं डोजर लिएर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस