Nirvik Khabar

सुविन भट्टराईको ‘इजोरिया’

काठमाडौं- लेखक सुविन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानस्थित डबलीमा भट्टराई र पाठकहरूले संयुक्त रूपमा ‘इजोरिया’को लोकार्पण गरेका हुन् ।

युवाहरूमाझ लोकप्रिय लेखक भट्टराईले आफ्नो नयाँ कृति ‘इजोरिया’ महिला, मधेस, मुक्तिको कथा भएको बताएका छन् ।  “इजोरिया माया र ममताको कथा हो । मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो,” उनले भने ।

फाइन प्रिन्टले प्रकाशन गरेको कृति आजैबाट पाठकले पढ्न पाउनेछन् । लोकार्पण कार्यक्रममा युवायुवतीहरूको बाक्लो उपस्तिथि थियो ।भट्टराईको यो छैटौँ कृति हो । यसअघि उनका कथाकी पात्र (२०६७), समर लभ (२०६९) साया (२०७१) मनसुन (२०७३) र प्रिय सुफी (२०७५) प्रकाशित छन् ।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस