Nirvik Khabar

आधुनिक प्रविधिले गाउनका लागि सहज वातावरण बनायो : गायक स्वप्न सुमन

काठमाडौँ — गायक स्वप्न सुमनले आधुनिक प्रविधिले आफूलाई गाउनका लागि सहज वातावरण सिर्जना गरेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको ‘संगीतको सिमाना’ शीर्षकको सत्रमा बोल्दै गायक सुमनले आधुनिक प्रविधिले गर्दा आफूलाई गाउनका लागि सहज वातावरण सिर्जना भएको बताएका हुन् ।

‘मैले गीत सुरु गर्दा युट्युबबारे खासै केही थाहा थिएन । कसैले भनेर सुरु गरें । म बाटोमा हिँड्दै गर्दा गीत आयो भने मोबाइल अन गरेर रेकर्ड गर्छु । पहिला त गीत बनाउन नै संघर्ष गर्नुपर्थ्यो होला । हामीलाई अहिले सजिलो छ । एउटा मात्रै होइन विश्वभर हामी प्रस्तुति दिन जान सक्छौं,’ उनले भने ।

संगीतको जरातिर फर्कनुपर्ने बताउँदै गायक सुमनले आफूले गीतहरू लेख्दा नेपाली भाषामै लेख्ने गरेको बताए । ‘म अस्ति भर्खर अस्ट्र‍ेलिया पुगें; एक जना फ्यान भेटें । उहाँ भुटानमा बस्नुहुँदो रहेछ । उहाँलाई नेपाली भाषा बोल्न आउँदैन थियो । तर, उहाँले मेरै गीत सुनेर नेपाली बुझ्न थाल्नुभएछ । गीत गाइदिनु भएकोमा धन्यवाद भन्दा मैले गाएको गीतले केही प्रभाव पारेछ भनेर खुसी लाग्यो,’ उनले भने ।

उनले युट्युबसँगै अन्य डिजिटल प्लेटफर्म संगीतकर्मीका लागि राम्रो आम्दानीको स्रोत भएको बताए । ‘जबदेखि मैले गीतलाई युट्युबमा अप्लोड गरेको थिएँ । त्यतिबेला युट्युबको मनिटाइजेसनबारे थाहा थिएन । तर जब लकडाउनको बेलामा कसरी बाँच्ने भनेर सोच्दा युट्युबले सहयोग गर्‍यो,’ उनले भने, ‘खर्चहरू टार्न सजिलो भयो । मिलियन भ्युज आयो भने युट्युबले धेरै पैसा आउँछ भन्ने कुरा भइरहेको हुन्छ, तर गीतलाई कुन ठाउँ/देशबाट सुनेको छ भन्ने कुराले पनि युट्युबले दिने पैसामा फरक हुन्छ । अहिले युट्युबबाहेक अन्य डिजिटल स्ट्रिमिङ प्लेटफर्म छन्, जस्तै स्पोटिफाई ।’

त्यस्ता प्लेटफर्मबाट पनि पुग्ने रकम आइरहेको भन्दै उनले युट्युबसँगै अन्य डिजिटल प्लेटफर्म पनि संगीतकर्मीका लागि राम्रो आम्दानीको स्रोत भएको बताए ।

‘जब मैले आफ्ना गीतलाई युट्युबमा अप्लोड गरेको थिएँ । त्यतिबेला युट्युबको मनिटाइजेसनबारे थाहा थिएन । तर जब लकडाउनको बेलामा कसरी बाँच्ने भनेर सोच्दा युट्युबले सहयोग गर्‍यो,’ उनले भने, ‘खर्च टार्न सजिलो भयो । मिलियन भ्युज आयो भने युट्युबबाट धेरै पैसा आउँछ भन्ने कुरा भइरहेको हुन्छ, तर गीतलाई कुन ठाउँ/देशबाट सुनेको छ भन्ने कुराले पनि युट्युबले दिने पैसामा फरक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस