Nirvik Khabar

दार्चुला बाढी अपडेट : २६ घर बगे, १० जना बेपत्ता, ५ जनाको ज्यान गयो

शुक्रबार राति परेको भीषण वर्षाका कारण दार्चुलामा मानविय र भौतिक क्षती भएको छ । हालसम्म पाँचजनाको मृत्यु भएको छ । १० जना बेपत्ता भएका छन् । सदरमुकाम खलंगा क्षेत्रका २६ घर बाढीले बाएको र ३५ घरमा आंशिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साँउदले जानकारी दिइन् ।

सबैभन्दा ठूलो मानवीय क्षति नौगाड गाउँपालिकामा भएको छ । सहायक प्रजिअ साउँदका अनुसार नौगाड गाउँपालिकामा तीनजनाको ज्यान गएको छ । नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको साउँदले बताइन् ।

यस्तै, महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको छ ।पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ ।

दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा रहेका २६ घर पूर्ण रुपमा बाढीले बगाएको प्रजिअ साउँदले जानकारी दिइन् । सदरमुकाम क्षेत्रमा रहेका ३५ घरमा आंशिक क्षति भएको उनले बताइन् ।अहिले पानी पर्न बन्द भएको र नदीको कटान पनि रोकिएको प्रजिअ साउँदले जानकारी दिइन् । बाढीको कारण घरबार बिहिन भएका सयौँ व्यक्तिको उद्धार तथा हराएका व्यक्तिको खोजिकार्य जारी रहेको छ ।

डुङुरीमा लास्कु खोलामा आएको बाढीले एकै घरका चार जना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले बताए । यस्तै, बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ ।खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढीले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरबेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ ।दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चारवटा जिप महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस