अष्ट्रेलियामा अध्ययनपछि जागिर गर्दै गरेका सौरज्ञ गौतमले नेपालमा एक अन्तराष्ट्रिय ब्राण्डको डिलरसिप लिएर व्यापार थालेका छन् । उनले नेपालमा जीपीएस ट्रेडर्स नामक व्यवसायिक फर्म स्थापना गरेर दुबईको प्रतिष्ठित ब्राण्ड सुपर जेनेरलका विद्युतीय सामान विक्री वितरणको हेड लिडलरसिप लिएर विक्री वितरण सुरु गरेका हुन् ।
गोल्छा अर्गनाइजेसन अन्तरगतको डीईई इन्टरनेसनल कम्पनीले आयात गर्ने दुबईको प्रतिष्ठित ब्राण्ड सुपर जेनेरलका विद्युतीय सामानको काठमाडौंको उपत्यका र वरपरका करिब ११ जिल्लाको हेडडिलरसिप लिएर सौरज्ञले व्यवसाय थालेका छन् । उनले काठमाडौंको सोह्रखुट्टेबाट व्यापार थालेका छन् । अष्ट्रेलिया जानुअघिदेखि नै नेपालमा व्यवसाय गर्न मनलागेपनि अहिले मौका जुरेको गौतमले बताए । विदेश जानुअघि आफ्नो उमेर सानो भएकोले व्यवसाय गर्ने मन भएपनि अनुकुल परिस्थिति नभएको व्यवसाय गर्न नपाएको उनले सुनाए ।
‘नेपालमै व्यवसाय गर्ने योजना यही कलेज पढ्दा नै बनाएको थिएँ तर, परिस्थिति अनुकुल भएन, अहिले भने अष्ट्रेलियामा काम गर्दै नेपालमा व्यापार गर्ने गरी व्यवस्था मिलाएको छु,’ गौतमले भने । नेपालमा बिएसडब्लु अध्ययन गरेर उनी अष्ट्रेलिया गएका थिए ।
उनको सोरुममा सुपर जेनेरलका २ सयभन्दा बढी उत्पादनहरु विक्री वितरण गर्न थालेका छन् । सो ब्राण्डका करिब ३५० उत्पादन भएपनि नेपालमा २ सय जति मात्रै ल्याइएको र सबै उत्पादनहरु आफ्नो सोरुममा पाइने उनले बताए । सो सोरुममा करिब १ करोड रुपैयाँ लगानी भएको छ ।
सुपर जेनेरलका टेलिभिजन, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, आइरन, फ्रिज, चिलर लगायतका विद्युतीय सामाग्रीहरु छन् । एउटा घरको लागि चाहिने घरायसी सामानदेखि तारे होटलसम्मको लागि आवश्यक सबै विद्युतीय उपकरण विक्री वितरण थापिएको गौतमको भनाई छ ।
‘दुबई भन्ने वित्तिकै लक्जरी सम्झन्छौं, देशको नाम लिँदा नै लक्जरी सम्झन्छौं भने त्यही देशमा उत्पादन र एसेम्बल भएका सामान अवश्य नै लक्जरी छन्, मूल्य भने त्यति महंगो छैन,’ गौतमले भने ।
सुपर जेनेरलका सामानहरु सामसङ, एलजी जस्ता ब्राण्डका भन्दा संस्ता र लोकल ब्राण्डका भन्दा केही महँगा रहेका छन् । यस्ता सामाग्रीको वारेन्टी सामान अनुसार १ वर्षदेखि १० वर्षसम्म रहेको छ । आफ्टर सेल्स सर्भिसको लागि ७२ घण्टे स्कीम कम्पनीले ल्याएको छ । उपभोक्ताले सामानमा समस्या आयो भनेर कम्पनीलाई जानकारी गराएको ७२ घण्टाभित्र विग्रिएको सामान बनाइसक्ने वा कम्पनीले आफ्नो सामान उपलब्ध गराउने गरेको गौतमले जानकारी दिए ।
‘उपभोक्ताको खासै गुनासो नै आउदैन, किनभने सुपर जेनेरलका सामान एकदमै गुणस्तरीय हुन्छन्,’ गौतमले भने । सो ब्राण्डका ३२ इन्चदेखि ७५ इन्चसम्मका स्मार्ट टिभी पनि छन् । काठमाडौं उपत्यकामा भने गौतमले संचालन गरेको जीपीए ट्रेडर्स नै सुपर जेनेरलको पहिलो आधिकारिक डिलर हो भने देशभर सो ब्राण्डको करिब ५० डिलर संचालनमा छन् ।
Discussion about this post