Nirvik Khabar

डेंगीको प्रकोपले जनजीवन अस्तव्यस्त, सरकार रिङटोन बनाउने र भिडियो बनाउनेतिरै

काठमाडौं । नेपालमा तीव्र गतिमा फैलिएको डेंगी नियन्त्रणका लागि सरकारले चार वटा निर्णय गरेको छ । मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठकले चार वटा निर्णय गरेको हो ।

जसमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट समेत रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय र सहजीकरण गर्ने रहेको छ ।

त्यस्तै डेंगी रोग सर्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्यदृष्य सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचार प्रसारको व्यवस्था मिलाउने रहेको छ ।

तेस्रो निर्णयमा रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोबाइल रिङटोन बनाइ प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने र रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने रहेको मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डेंगीबाट साढे ६ हजार संक्रमित भइसकेका छन् । अहिले अस्पतालको इमरजेन्सीमा पुग्नेमध्ये ७० प्रतिशत बढीमा डेंगी देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । सरकार भने यसलाई रोक्न टोलटोलमा प्रभावकारी कदम चाल्नुको बदलामा प्रचारप्रसारका लागि रिङटोन र श्रव्यदृष्य बनाउने निर्णयतिर पुगेको छ ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस