काठमाडाैँ । काठमाडौँसहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । निर्वाचन आयोगले असोज १ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लगाउने तयारी गरेपछि गृहले एक दर्जन जिल्लाका सिडिओहरुको सरुवा गरेको हो ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका सिडिओ घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ । काठमाडौंका सिडिओलाई गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ ।
ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ल्याइएको छ । कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छिन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ ।
दैलेखको सिडिओमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए ।
यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरको सिडिओमा गणेश गैरेलाई पठाइएको छ ।
सङ्खुवासभाका सिडिओ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका सिडिओ जनार्दन गौतमलाई उदयपुर र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको सिडिओमा सरुवा गरिएको हाे ।
Discussion about this post