Nirvik Khabar

समानुपातिकमा नदोहोर्‍याउने कांग्रेस र एमालेको निर्णयले माओवादी चिन्तामा

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं । सत्ता गठबन्धनमा अत्यधिक सिट मागेर गठबन्धन नै धरापमा पार्न खोज्ने माओवादी केन्द्र आन्तरिक द्वन्द्वमा फसेको छ । उम्मेदवार छनोट प्रकृया र अन्य पार्टीसँग सहकार्य गर्ने विषयले आन्तरिक द्वन्द्वमा फसेको हो ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी निर्वाचनमा समानुपातिक सांसदलाई फेरि समानुपातिककै रुपमा नदोहोर्याउने निर्णय लिएसँगै माओवादी केन्द्रभित्र पुराना नेताहरुलाई नदोहोर्याउन प्रचण्डमाथि दबाब परेको छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस र एमालेले समानुपातिक सांसद नदोहोर्याउने नीति बनाए लगत्तै माओवादी केन्द्रका नेताहरुले पनि नयाँलाई अवसर दिनुपर्ने भन्दै आन्तरिक दबाब बढाएका हुन् ।

कांग्रेस एमाले त समानुपातिक सांसद रहेकालाई फेरि त्यही पदमा सिफारिस नै नगर्न आन्तरिक पार्टी कमिटीलाई निर्देशन नै दिएका छन् । एमाले केन्द्रीय कमिटीको बैठकपछि एमालेका प्रचार विभाग प्रमुख रहेका पृथ्वीसुब्बा गुरुङले समानुपातिक मत भनेको पार्टीको सामूहिक कमाइ भएको दाबी गरेका थिए । ‘समानुपातिक मत भनेको पार्टीको लोकप्रियतामा प्राप्त हुने मत हो । यसमा सिंगो पार्टी पंक्तिको योगदान रहेको कुरा हुन्छ । समानुपातिक मत सामूहिक कमाइ हो । तसर्थ समानुपातिकतर्फको बन्द सूची तयार पार्दा सबै मिलेर कमाउने र दामासाहीमा वितरण गर्ने विषयलाई ध्यान दिनुपर्छ,’ उनले भनेका थिए ।

त्यस्तै एमाले प्रचार विभागका प्रमुखसमेत रहेका उपमहासचिव गुरुङले भनेका थिए, ‘दामासाही वितरण भनेको प्राप्त अवसरको न्यायोचित वितरण हो । समानुपातिकसहित अप्रत्यक्ष रुपमा अवसर प्राप्त गरेका पार्टीका नेता वा कार्यकर्ताहरुलाई आम रुपमा दोहोर्याउन हुन्न । यस्तो क्षेत्रमा पालैपालो वितरण प्रणाली लागू गरिनु पर्छ भन्ने विधि पार्टीको केन्द्रीय समितिले बनाएको छ । जसका कारण एमालेका समानुपातिक सांसद फेरि त्यही समानुपातिककै रुपमा दोहोरिनु हुन्न ।’

कांग्रेसले त विधानमै त्यससम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । कांग्रेस विधानको नवौँ संशोधनले पार्टीको विधानमै एक पटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । सोही अनुसार कांग्रेसभित्र यस्तो समस्या नहुने देखिएको छ ।

विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

विधानको यही धारालाई टेकेर महामन्त्री गगन थापाले पार्टीका ७७ वटै जिल्ला कार्य समिति, १६५ वटै क्षेत्रीय कार्य समिति र ३३० प्रदेश कार्य समितिलाई परिपत्र पठाउँदै समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका छन् ।

जसका कारण कांग्रेसमा पनि समानुपातिकलाई फेरि दोहोरिन ढोका बन्द भएको छ । तर माओवादीले यो विषयमा अहिलेसम्म सार्वजनिक अभिव्यक्ति दिएको छैन र पार्टीका कुनै पनि बैठकबाट निर्णयसमेत गराएको छैन ।

एमालेको केन्द्रीय कमिटीले समानुपातिकलाई फेरि दोहोर्याउने या के गर्ने ? भन्ने विषयमा एजेण्डा नै बनाएर केन्द्रीय कमिटीमा छलफल गरेको थियो । सोही छलफलपछि नदोहो¥याउने निर्णय गर्दै उम्मेदवार छनौटको विधि एमालेले बनाएको हो ।

यो विधि पारित भएकाले एमालेका ३० जना प्रतिनिधि सभाका अहिलेका सांसदलाई अब फेरि समानुपातिकमै सांसद बन्ने बाटो बन्द भएको छ । अब उनीहरुले कि चुनावमा टिकट लिएर प्रत्यक्षमै जितेर आउनु पर्छ कि सांसद बन्ने रहर छाडेर बस्नु पर्ने हुन्छ ।

तर माओवादीले यो विषयमा अहिलेसम्म नसोचेको महासचिव देव गुरुङले बताएका छन् । ‘यस्तो विषयमा छलफल हुन बाँकी नै छ परिस्थिति हेरेर निर्णय गर्नुपर्छ, अहिले पार्टी कमिटीले नाम सिफारिस गर्ने कार्य चलिरहेको छ, केन्द्रले यो विषयमा ध्यान दिनेछ’, महासचिव गुरुङले भने ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available