Nirvik Khabar

सिरी ए फुटलबलमा एसी मिलानको रोमाञ्चक जित

Advertisements
Single Page Long - 2

काठमाडौं – इटालियन सिरी ए फुटबलमा एसी मिलानले इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। शनिबार राति भएको रोमाञ्चक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर मिलान पराजित भएको हो।

खेलको २१ औं मिनेटमा मार्सेलो ब्रोजोभिचको गोलमा इन्टर मिलानले सुरुवाती अग्रता लिएको थियो। खेलको २८ औं मिनेटमा एसी मिलानका राफायल लियोले गोल गर्दै खेल बराबरीमा फर्काए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै एसी मिलानलाई २–१ को अग्रतामा पुर्याए। दोस्रो हाफमा इन्टर मिलानमाथि हाबी देखिएको एसी मिलानका लागि ६० औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ अग्रता बनाए।

इन्टर मिलानले पुनरागमनको प्रयासमा खेलको ६७ औं मिनेटमा थप एक गोल गर्यो। अन्तिम प्रयास जितका लागि प्रयाप्त नहुँदा सुरुवाती अग्रता जोगाउन नसकेको इन्टर मिलान ३–२ ले पराजित हुनपुग्यो। जितसँगै शीर्ष स्थानमा रहेको एसी मिलानले पाँच खेलमा ११ अंक जोडेको छ। इन्टर मिलन ९ अंकसहित पाँचौ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस