एडिलेड– “दशै फेस्ट बिग प्ले ईभेन्ट” लाईभ धमाका अष्ट्रेलीयाको एडिलेडमा हुने भएको छ । डि.बी इभेन्ट एण्ड ईनटरटेन्टमेन्टको आयोजनामा उक्त धमाका हुने भएको हो ।
२८ सेप्टेम्बर मा हुने सो लाईभ धमाका कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित कलाकार शुसान्त केसी , द बंर्गस , समिर श्रेष्ठ र योद्धाले प्रस्तुती दिनेछन् । साथमा स्थानीय डिजेहरुले पनि प्रस्तुती दिनेछन् ।
नेपालीहरुको महान चाड बिजया दशमीको अबसरमा नेपालीहरुको बसोबास रहेको एडिलेडमा अहिले सम्मकै ठुलो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाडि.बी इभेन्ट एण्ड ईनटरटेन्टमेन्टका प्रबन्धक सुलभ उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा सहभागीता जनाउन टिकटको ब्यबस्था रहेको छ । २८ सेप्टेम्बर हाइन्ड्ली संगीत हलमा बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने छ । कार्यक्रममा १८ सय भन्दा धेरैको सहभागीता रहने अनुमान रहेको छ ।
नेपाली संस्कृति संरक्षण र प्रबर्धन तथा संगीतको उत्थानका लागि काम गर्ने याेजना रहेको आयोजकले कार्यक्रममा सहभागी भएरहौसला दिन आग्रह गरेको छ ।
टिकट तथा थप जानकारीको लागी यँहा क्लिक गर्नुहोस् ।
Discussion about this post