Nirvik Khabar

झबिन्द्र आफुलाइ अब्बल बनाएर लैजाने दृढ संकल्प

Advertisements
Single Page Long - 2

कला र गलाका धनि झबिन्द्र न्यौपाने पछिल्लो समय सबैको आकर्षका पात्र बन्दै गएका छन । बाल्यकाल देखिने गाएन क्षेत्रमा लागेका झबिन्द्र आफैमा एक पोख्त कलाकार हुन । गुल्मीमा जन्मिएका उनी सानै बाट गाउँ घरमा हुँने सास्कृतिक कार्यक्रममा सहभागिता जनाउने गर्दथे ।नेपाली आधुनिक गित होस या लोक भाका उनको जादुमय कलानै भन्नू पर्छ सबैलाइ मन्त्रमुग्ध गराउन उनी माहिर छन ।

देशका विभिन्न स्थानहरुमा आफ्नो प्रस्तुति दिइसकेका झबिन्द्र  यहि क्षेत्रमा नै आफुलाइ अब्बल बनाएर लैजाने दृढ संकल्प बोकेर अघि बढिरहेका छन ।यो बिधामा आफू यहासम्म पुग्नुमा आफ्नो परिवारको महत्त्वपूर्ण हात रहेको उनी बताउछन ।

आफ्नो बुबाले पनि कला र कलाकारिताको सम्मान गर्ने हुदा आफुलाइ थप प्रेरणा मिलेको उनको भनाइ छ । भबिस्यमा परिवारको र आफ्ना शुभचिन्तकको यस्तै साथ र सहयोग मिलेमा देशको नाम राख्ने कलाकारको रुपमा आफुलाइ स्थापित गर्ने उनको सपना रहेको छ । झबिन्द्र न्यौपाने हाल बुटवलमा बस्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस