Nirvik Khabar

चितवनको मेघौलीमा सांस्कृतिक महोत्सव सुरु

निर्भीक खबर
निर्भीक खबर

चितवन । चितवनको मेघौलीमा सांस्कृतिक महोत्सव सुरु भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सांस्कृतिक महोत्सवको उद्घाटन गरेकी हुन् ।उद्घाटन कार्यक्रममा प्रमुख दाहालले मेघौलीले विश्वमै ‘इको टुरिजम’ र ‘पर्या–पर्यटन’ का लागि नमुना गन्तव्य रहेको बताइन् ।मेघौली थप प्रचार–प्रासर गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ थियो ।

मेयर दाहालले स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सवले यहाँको कला सँस्कृति, पर्या पर्यटनको प्रचार–प्रसारमा टेवा पुग्ने बताइन्।मेघौली क्षेत्र नारायणी र राप्ती नदीको संगमस्थल, चितवन राष्ट्रिय निकुञ्ज, सहज सडक पूर्वाधार भएकाले नेपालकै पर्या–पर्यटनको केन्द्र विन्दु भएको उनको भनाइ थियो ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवन र भरतपुरको मुख्य पर्यटकीय स्थल मेघौलीको विकासको लागि पर्यटकीय पूर्वाधारहरु निर्माण हुन क्रम जारी रहेको उल्लेख गरिन्।‘मेघौली विमानस्थलको स्तरोन्ती भइरहेको छ, उनले भनिन्, ‘राष्ट्रिय स्तरको इको पार्क निर्माण भइरहेको छ । नारायणी र राप्ती तटबन्धनपछि उकास भएको जमिनमा पार्क निर्माणलाई प्राथामिकता दिइने छ । भरतपुरलाई ग्रीन बेल्टका रुपमा विकास गर्छौ । पर्यटनको लागि यहाँ प्रचुर सम्भावना छ ।’

मेयर दाहालले नारायणी नदीको ४ वटा प्याकेजमा ठेक्का भएर काम सुरु भएको र राप्ती नदीको डिपीआर भई अगामी वर्ष तटबन्धनको काम सुरु हुने जानकारी दिइन् ।भरतपुर महानगरपालिकाले दिगो समधान हुने गरी विकास निर्माणको कामलाई अगाडि बढाएकाले देशमै नमुना शहरको रुपमा स्थापित हुँदै गएको मेयर दाहालले बताइन् । आजबाट सुरु भएको महोत्वस ८ दिनसम्म चल्नेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक टाइगर युवा क्लबले जनाएको छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available