Nirvik Khabar

ओलीलाई प्रधानमन्त्रीमा अघि सारेर चुनावमा जाने एमालेको निर्णय

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं: नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएको छ। पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको भदौ १० र ११ गतेको बैठकले पार्टीलाई बहुमत ल्याउनेगरि चुनावको तयारी गर्ने र प्रधानमन्त्रीमा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको हो।

एमालेले चुनावको तयारीका लागि भन्दै केन्द्रीय कमिटीको बैठक बोलाएका थियो। विभिन्न ११ एजेण्डामाथि छलफल भएको बैठकमा चुनावमा उम्मेदवारको मापदण्ड पनि तय भएको छ। समानुपातिकमा अहिलेका सांसदलाई नदोहोर्‍याउने र अन्तिम निर्णय गर्ने अधिकार सचिवालयलाई दिने निर्णय पनि बैठकले गरेको छ।

‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारी पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई प्रचलित निर्वाचन कानुनबमोजिम योग्य उम्मेदवारहरूको चयन गरी औपचारिक मनोनयन बन्दसूचीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीको तर्फबाट पार्टीको केन्द्रीय सचिवालयलाई दिने निर्णय गरियो,’ एमालेको निर्णयमा भनिएको छ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available