Skip to main content

Nirvik Khabar

कोटेश्वरमा एक बसमाथि ढुंगा प्रहार, उपत्यकाबाट १६ जना बन्दकर्ता पक्राउ

Advertisements
Single Page Long - 2

काठमाडौं : काठमाडौंको कोटेश्वरमा एक बसमाथि तोडफोडको प्रयास भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बसमा ढुङ्गा हानेको प्रहरीले जनाएको छ।

आज विप्लव नेतृत्वको दलले नेपाल बन्द घोषणा गरेको छ। राजधानीमा बन्दको प्रभाव परेको छैन। बिहान भने केहीस्थानमा बन्दकर्ताहरुले सवारी आवगमनमा अवरोध गर्ने प्रयास गरेका थिए। प्रहरीले १६ जना बन्दकर्ताहरुलाई नियन्त्रणमा लिएको छ।

‘काठमाडौं उपत्यकाबाट अहिलेसम्म १६ जना बन्दकर्ता नियन्त्रणमा लिएका छौं,’ महानगरीय प्रहरी कार्यलयका एसपी सन्तोष सिंह राठौरले भने।

बन्दको घोषणालाई मध्यनजर गर्दै आज बिहान २ बजेदेखि नै वाक्लो संख्यामा उपत्यकामा सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए। उनले उपत्यकामा बन्दको प्रभाव सामान्य मात्रै भएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस